२०८० चैत्र १६ , शुक्रवार

सुनको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो।

यो सँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।