२०८१ बैशाख ११ , मंगलबार

सुन तोलामा १ हजारले बढ्यो

सुनाखरी न्युज/ काठमाडौँ । विवाहको सिजन सुरु भएपछि सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

 

चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ७५ रुपैयाँ रहेको थियो।