सुनाखरी न्युज/ ललितपुर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो ।
खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।



नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२९६३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह) ८७६९
राष्ट्रिय प्रजातन्त्र पार्टी २१३०
हाम्रो नेपाली पार्टी १५५४
नेपाल मजदुर किसान पार्टी ५०३
स्वतन्त्र ३६०
स्वतन्त्र १४४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९१
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७०
स्वतन्त्र ६३
नेपाल आमा पार्टी(एकल चुनाव चिन्ह) ५४
स्वतन्त्र ४६
मौलिक जरोकिलो पार्टी ४३
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ३९
स्वतन्त्र ३४
स्वतन्त्र २९
नेश्नलिष्ट पिपल्स पार्टी २७
स्वतन्त्र ९