२०८१ बैशाख २२ , शनिवार

तासको घर बनाएर नयाँ विश्व किर्तिमानी

सुनाखरी न्युज / बेइजिङ –  वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन ।

 

वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

 

गिनिज वल्र्ड रेकड्र्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए । घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।यो प्रयास सन् २०२२ को गिनिज वल्र्ड रेकड्र्स दिवस समारोहको एक अंशको रूपमा आयोजना गरिएको गरिएको ग्लोबल टाइम्सले जनाएको छ।