२०८० चैत्र १६ , शुक्रवार

सुनको भाउ लगातार ओरालो लाग्दै

सुनाखरी न्युज/ काठमाडौँ । सुनको भाउ बुधबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।