२०८२ फाल्गुन २९ , शुक्रवार

राप्रपाले खोल्यो पहिलो खाता : काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’मा

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

 

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।