२०८० चैत्र १५ , बिहिवार

शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिमा

जनकराज पाठक लोकतन्त्रमा शासनको दायित्व जनता द्वारा निर्वाचित प्रतिनिधि हरुको हुन्छ। मुख्यत समानता र स्वतन्त्रता यसका आधार हुन। कानुन समक्ष सवै नागरिकहरु वरावर हुने र राज्य शक्तिमा सवैको पहुच वरावर हुने यसले ग्यारेन्टी गर्छ। सवै नागरिकले वैधानिक स्वतन्त्रता लाई निर्वाध उपभोग गर्न पाउने व्यवस्था लोकतन्त्र हो।

 

आवधिक निर्वाचन यसको प्राण ह‍ो। एकै दलमा वा वर्गमा मात्र शक्ति नरहि क्रियासिल अन्य दलमा वा वर्गमा शासन शक्ति को अवसर दिन निर्वाचन अपरिहार्य छ।निर्वाचन लोकतन्त्रको सौन्दर्यता पनि हो।यसको आकर्षक नै निर्वाचनको सुनिश्चितता हो तर हाम्रोमा सार्वजनिक सेवा प्रवाहमा लोकतन्त्र असाध्यै कमजोर देखियको छ। दलिय स्वार्थको लागि वनाइयका साठगाठ वा गठवन्धन विगतमा पनि थियोे तर त्यसले सार्वजनिक सेवा भन्दा दल केन्द्रित अझ बेक्ति केन्द्रित राजनिती गरेका कारण एक कार्यकाल पनि उक्त गठवन्धन टिक्न सकेन। राष्ट्रिय हित,स्वार्थ,जनहित लाई वेवास्था गर्ने दलहरुले जस्तो गठवन्धन वनायपनि जनतामा खासैे उत्साह रहेनछ यसको उदाहरण देशभरिको मतदानको अवस्थाले स्पष्ट पारेको छ।

 

राजनीतिक रुपमा मुलुकले निकास पायन भने विषेश परिस्थितिमा मुलुक लाई राजनीतिक रुपमा निकास दिन एक पटक त्यो पनि विचार मिल्ने समूह वा दल विच गठवन्धन गरेर निर्वाचनमा जानू स्वभाविक हो। हिजो विचार मिल्ने समूह विचको गठवन्धन त एक कार्यकाल जान नसकेको अवस्थामा विलकुल फरक विचारधार भयका दलहरु विचको गठवन्धन वास्तवमै आश्चर्यजनक त थियोे नै। गठवन्धनको नाउमा आम मतदाताहरुको स्वतन्त्र विचार माथि अंकुस लगाउदै मतदानको निमित्त वाध्यात्मक अवस्था श्रृजना गराउनुले प्रतिस्पर्धाको राजनिती लाई निषेध गरेको छ। आफुले सदस्यता प्रप्त गरेको र त्यसको प्रशिक्षणमा हुर्कियको कार्यकर्ताले समेत आफ्नो दलको चुनाव चिन्हमा मतदान गर्न नपाउने कस्तो लोकतान्त्रिक प्रक्रियामा छौ हामी ?

 

कुन उदेश्य र के प्राप्तिका लागि गठवन्धन गरियको स्पस्ट नहुदा दलिय कार्यकर्तामा नैरास्यता छायको देखियो यसले कार्यकर्ता तहवाट दलिय अभियान लाई जनसमक्ष पुराउन सकेको अवस्था रहेन फलस्वरूप जनतामा यसको महत्त्व घटेको मात्र हैन कि मतदान प्रकियामा नै उत्साह,उमंग केही देखियन।मध्यदिन सम्म पनि मतदान केन्द्रमा एकजना मतदाता उपस्थित नहुन,चालू मतदान केन्द्रमा पनि न्यून संख्यामा मतदाताको उपस्थित रहनले जनतामा रहेको दलहरु प्रतिको वितिष्णा झल्काउछ।

 

संविधानले ग्यारेन्टी गरेको खाना,नाना र छाना को अभावमा रहेका जनता लाई नेताहरुको खोक्रो भाषण र आस्वासनले मात्र उत्साहित वनाउन सकेन। प्राय सवैदल पथभ्रष्ट छन जननायक वीपी कोइरालाको विचारमा कांग्रेस रहेन,मदन भण्डारीको विचार च्युत अवस्थामा एमाले छ,माओ र लेनिन को तस्वीरमा मात्र माओवादी चलेको छ,मधेस र मधेसी जनताको हकहितमा क्रान्तिकारी विचार राख्दै उदायका मधेसी दलहरु भ्रष्ट भयका छन। समग्रमा पटक,पटक मुलुक लाई नेतृत्व गरेका दलहरुको खराव काम कार्वाही को कारण जनताले यिनिहरु लाई पुरानो र यिनिहरुका खराव गतिविधि लाइ उदाग्गो वनायर दोस्रो वा नया पुस्ताले नेतृत्व गरेको दललाइ नयाको रुपमा हेर्ने अवस्था आयो। यो निर्वाचन पनि नया र पुरानो विचको प्रतिस्पर्धा रह्यो। जनतामा आयको यो परिवर्तनको कारण निर्वाचन उत्साहपुर्ण देखियन यसकारण यो निर्वाचनमा दलहरुले सोचेभन्दा भिन्न परिणाम निस्कने निस्चित छ।

 

जनता सदैव परिवर्तनको पक्षमा हुन्छन विगतमा गरियको गल्तीको कारण हात्ती पाल्न भन्दा महंगो यो व्यवस्थाले स्थापना गरेको संरचनाहरु अब खारेजीको पक्षमा जनता देखिन्छन। अहिले नेपालको राजनीतिक मुलधार संघियता,गणतन्त्र र धर्मनिरपेक्ष नै हो तर यसलाइ चुनौती दिदै राजसंथा,धर्मसापेक्षता र अधिकार सम्पन्न स्थानिय निकायको पक्षमा उभियर नया पुस्ताले नेतृत्व गरेको दल यो निर्वाचनमा स्थापित हुन सक्यो भने वर्तमान व्यवस्था माथिनै प्रस्न उठने निस्चित छ। यसर्थ अब अहिलेको अवस्थाको मात्र हैन व्यवस्थाको विरुद्धमा जनताले शान्तिपूर्ण क्रान्ति गर्ने निस्चित छ यो क्रान्तिले जवरजस्त हटाइयका संस्था हरुको पुनस्र्थापना सहित आर्थिक युगको सुरुवात गर्ने छ। जय राष्ट्रवाद!!!

पाठक निर्वाचित केन्द्रीय सदस्य राप्रपा ।