२०८१ बैशाख ७ , शुक्रवार

ओरालो लाग्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६०० रुपैयाँमा किबनेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।