२०८१ बैशाख २६ , बुधवार

नेपालक्रेडिट एण्ड कमर्स बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको नेपाल प्रज्ञा–प्रतिष्ठान,कमलादी काठमाण्डौंमा आर्थिक वर्ष २०७८÷७९को वार्षिक साधारणसभा सम्पन्न भयो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस(लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारितभई सम्पन्न भयो । सभा बाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्तापूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।

 

आर्थिक वर्ष २०७८÷७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोछ । त्यसै गरी बैंकलेरू. १२४ अर्ब ८७ करोड खुदकर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र१४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरु लाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।