२०८१ बैशाख २२ , शनिवार

लिंग परिवर्तन गरेर युवती बनेका युवकले भने-ठूलो गल्ती भयो

सुनाखरी न्युज/ काठमाडौं ।

कोरियाली महिला जस्तै देखिन एक पुरुषले ३० वटा कस्मेटिक सर्जरी गराए । उनले पछिल्लो ८ वर्षमा यी शल्यक्रियामा २ करोडभन्दा बढी खर्च गरेका छन् । तर, अहिले उनको मन परिवर्तन भएको छ । उनले आफु फेरि पुरुष बन्न चाहेको घोषणा गरेका छन् । ती व्यक्तिले आफूलाई ‘ट्रान्सरेशियल’ भनेर चिनाउन यस्तो गरेर ठूलो गल्ती भएको बताए।

 

एक ‘ट्रान्सरेशियल’ व्यक्तिले आफ्नो जातिको साथ आफ्नो पहिचान गर्दैन। उनीहरू आफूलाई फरक जातको ठान्छन् । बेलायतमा जन्मिएका ३२ वर्षीय ओली लण्डन पनि त्यही सोचका थिए । ओली सामाजिक सञ्जालका इन्फ्लिएन्सर तथा टिभी व्यक्तित्व हुन् । ओली बेलायती भए पनि आफूलाई कोरियन बनाउन लागिपरेका थिए ।

ओली पहिलो पटक अक्टोबर २०१८ मा हेडलाइन्स बने जब उनले कोरियाली देखिन १५ वटा भन्दा बढी शल्यक्रिया गरेका थिए । २०२१ को अन्त्यसम्म ओलीको ३० वटा शल्यक्रिया भइसकेको छ ।

यसका लागि ओलीले ३० वटा कस्मेटिक सर्जरी गराए र आफूलाई कोरियाली महिलामा परिणत गरे । ओली आफूलाई ‘ट्रान्सरेशियल’ भनेर चिनाउँदै कोरियाली पप स्टार पार्क जि–मिन जस्तो देखिन चाहन्थे । यस्तो अवस्थामा उनले आफ्नो शल्यक्रिया गर्न थाले र त्यसमा २ करोड १८ लाख रुपैयाँभन्दा बढी खर्च गरे । उनको यो कदमलाई लिएर विवाद भएको थियो ।

तर, दर्जनौं शल्यक्रिया गरिसकेपछि ओलीले अहिले आफ्नो मन परिवर्तन गरेका छन् । उनले आफू ‘ट्रान्सरेशियल’ नभएर पुरुष भएर बाँच्न थालेको बताए । उनले भने – ‘ट्रान्सरेशियल’ भनेर चिनाउनु मेरो ठूलो गल्ती थियो। म मात्र मान्छे बन्न चाहन्छु।

 

साभार