२०८२ चैत्र ५ , बिहिवार

भोट हाल्न लाइनमा बसेकै बेला मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

भोट दिनका लागि लाइनमा बसेकै बेला तेह्रथुमको लालीलगुराँस नगरपालिकामा  एकजनाको मृत्यु भएको छ ।

आइतबार लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइनमा बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए ।