२०८१ बैशाख १३ , बिहिवार

घार्मीमा बालाचतुर्दशी पर्व मनाइने

शिशिर पौडेल / पोखरा । पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ। यही मंसिर ६ गते बालाचतुर्दशीको अवसरमा घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सदविज छरि पर्व मनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका नन्दराज दाहालले जानकारी दिनुभयो।

 

पर्वलाई लक्षित गरी समितिले मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रङ्गरोगन गर्ने कार्य समेत सम्पन्न गरेको छ। मन्दिर रङ्ग रोगनका लागि ईन्द्रेणी हाडवेयरका खगेन्द्र थापाले सहयोग गर्नुभएको समितिले जनाएको छ। आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि त्यस क्षेत्रमा सद्विज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायतका आसपासका क्षेत्रवाट भक्तजन त्यहाँ पुग्ने गरेका छन्। स्थानीयवासीको घरबाट फुलको डोली निकालि बाजागाजासहित विधि पुर्वक सदविज छर्ने चलन रहेको छ।

विगत २ दशक देखि सो मन्दिरमा बिधी पुर्वक सदविज छर्ने र पर्वलाई मनाउदै आइएको समितिले जनाएको छ। उक्त दिन पर्व मनाउन तथा सदविज छर्ने कार्यमा सहभागी हुन भक्तजनलाई समितिले आग्रह गरेको छ।