शिशिर पौडेल/ पोखरा । यही मंसिर ४गते हुने निर्वाचनलाई केन्द्रीत गरि पोखरा १९ का मतदान केन्द्रलाइ अपाङ्ग मैत्री बनाइएको छ।
पोखरा १९ मा रहेका अकला मतदान केन्द्र र भारति भवन मतदान केन्द्रलाई अपाङ्ग तथा अशक्त मतदान मैत्ती पदमार्ग निर्माण गरिएको वडा नम्बर १९ का सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो। प्रदेश निर्वाचन कार्यालय तथा जिवन पद्धति स्वावलम्बन पोखरा को सम्वन्यमा आई एफ इ सीको ३ लाख ५७ हजार ९ सय ७५ रुपैंयाँको लागतमा सो मार्ग निर्माण गरिएको हो। अपाङ्ग तथा अशक्त मतदाताले सहज रुपमा मतदान गर्न पाउन भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको वडा नम्बर १९का अध्यक्ष पुष्पेन्द् पाण्डेले बताउनुभयो।
सो मार्गको वडा अध्यक्ष पाण्डे, सचिव पौडेल लगायतकाले अनुगमन तथा निरीक्षण समेत गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पोखरा १९ मा करिब ८ हजार मतदाता रहेका छन्। पोखरा १९ को ग्रामीण भेगको रूपमा रहेको घार्मीका मतदाताले घार्मीमा अस्थायी मतदान केन्द्र राख्न पटक पटक माग गरेता पनि सो माग पुरा हुन भने सकेको छैन। मतदान केन्द्र टाढा हुँदा त्यहाँका वृद्ध वृद्धालाई निकै असहज भएको छ। उनीहरू घण्टौ हिडेर आफ्नो मताधिकार प्रयोग गर्न अकला मतदान केन्द्रमा आउने गरेका छन।