२०८२ चैत्र ५ , बिहिवार

नतिजाको प्रतिक्षामा पाण्डे

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक सञ्जाल र संघसंस्था बाट हर घर सम्म पुगेका काठमाण्डौ क्षेत्र नम्बर ८ ख का पाण्डेय नतिजा कुर्दै बिजयी भइसकेका स्वर्गिय नविन्द्रराज जोशिका सपना हुन् ।

 

२०५३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्य लिएका पाण्डेले नेपाल तरुण दलको विभिन्न समयमा भिन्नभिन्न भूमिका निर्वाह गरेका छन् । यसै त विद्यालयीय शिक्षा संस्कृत मावि र विश्वविद्यालयीय शिक्षा नेपाल संस्कृत विश्वविद्यालयमा पूरा गरेका पाण्डे लोकतन्त्रभन्दा यताउता डगमगाउने कुरै भएन । किनकि नेपाली काँग्रेसको बिजभूमि नै भन्दा हुन्छ, वाल्मीकि विद्यापीठलाई । त्यहीँको शिक्षादीक्षा लिएर अगाडि बढेका पाण्डे एमनेष्टि इन्टरनेसनल नेपाल सदस्य (२०५०), शान्ति युवा क्लब सदस्य (२०५४), शान्ति युवा क्लब अध्यक्ष (२०५६), सामुदायिक सेवा मञ्च महासचिव (२०५८), उपभोक्ता मञ्च नेपाल काठमाडौँ जिल्ला कोषध्यक्ष (२०५८), युवा शान्ति समाज उपाध्यक्ष (२०५६), उपत्यका सामुदायिक सेवा समन्वय परिषद् महासचिव (२०५९), उपत्यका सामुदायिक सेवा समिति सदस्य (२०६१), विकास पहलीकृत नेपाल महासचिव (२०६२), दीप गोविन्द स्मृति समाज सचिव (२०६६), स्वयम्भू विजयश्वरी सडक उपभोक्ता समिति (२०६८ देखि निरन्तर), सामुदायिक सेवा मञ्च अध्यक्ष (२०६८), नागरिक वडामञ्च कामपा १५ सदस्य (२०७०), सामुदायिक विपद् व्यवस्थापन समिति सदस्य (२०७०), सामुदायिक स्वास्थ्य सेवा परिषद् (२०७० देखि निरन्तर) लगायतका संघसंस्थामा निरन्तर क्रियाशील रहेर काम गरेको हुँदा अमिन पाण्डेको जित निश्चित रहेको क्षेत्र नं. ८ प्रदेश (ख) का स्थानीयबासीको बुझाइ रहेको छ ।

 

अमिन पाण्डे संलग्न संघसंस्थामा आबद्ध भएका साथीहरुले मात्र सहयोग गर्दा नै अमिन पाण्डे विजयी हुन्छन् । त्यसमा पनि अहिले सत्ता गठबन्धनका उमेद्वार हुनु पनि अमिन पाण्डेलाई काठमाडौँ क्षेत्र नं. ८ (ख) बाट चुनाव जित्न कुनै कठिनाइ छैन । मात्र वागमती प्रदेशसभा सदस्य भएपछि अमिन पाण्डेले कस्तो भूमिका निर्वाह गर्छन् हेर्न बाँकी छ ।