सुनाखरी न्युज/ चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित भयको वताउनु भयको छ।म चुनाव जित्छु नै तर कति मतान्तर हुने भने मात्र कुरा रहेको वताउनु भयो। अवको ५ वर्ष चितनव विकासको वर्ष रहने समेत उहाले वताउनु भएको छ।
चुनावी अभियानका
क्रममा भरतपुरको विभिन्न स्थानहरुमा बोल्द नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी , विकासप्रेमी तथा राष्ट्रवादी नेतृत्व छान्न समेत उहाले आग्रह गर्नुभयो ।मेरो जित भनेको गरिव किसान,दलित,जनजाति र चितवन वासि को जित हुने भन्दै अवको केही दिन आफू अझ मेहनतमा लागेको वताए। विगतका वर्षमा अवरुद्ध भएको विकास निर्माणको काम लाई आफुले निरन्तरता दिने उहाले वताउनु भयको छ। पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताको जनजिवनमा अध्यारो भयको छ यो समस्या वुझ्जे म नै हु। आफू मात्र विकास निमार्णको काममा कम्मर कसेर लाग्ने उहाले वताउनु भयो।
२०७४ सालको निर्वाचनमा आफू पराजित भएर पनि त्यसपछिको पाँच वर्षमा यो निर्वाचन क्षेत्रमा धेरै अध्ययन गरेर जनताको पीर, मर्का र समस्या बुझ्ने प्रयास गरेको उहाँले बताउनुभयो । ‘मैले जति समस्या देखेको छु, ती सबैको समाधान गर्ने जिम्मा बोक्न सक्छु मेरा काधहरु वलिया छन साथै नविन चितवन निमार्णको योजनासहित म यहाँहरूको घरदैलोमा आएको छु,’ उहाँले भन्नुभयो मलाई काम गर्ने मौका दिनुहोस म गरेर देखाउछु।विकसित र समृद्ध चितवन कस्तो हुन्छ आफुले आउदो पाच वर्षमा देखाउने भन्दै अन्य कसै संग चितवन विकासको खाका नरहेको उहाले वताउनु भयको छ।चितवनमा रहेको तमाम सुकुम्बासी हरुको समस्या समाधान गर्न आफू इमानदारी पुर्वक लाग्ने वताउनु भएको छ। म विगतमा चुनाव हार्दा पनि क्षेत्र छोडेर भागिन म संग आट र हिम्मत छ फेरि तपाईंहरुको आगनमा उभियको छु। जीवन यापनको लागि विदेशिन वाध्य वनाइयको युवा हुरुलाइ यहि भुमिमा रोजगारी दिने आफू संग कार्ययोजना रहेको समेत उहाले वताए।
आज मुलुकमा संचित रकम समेतको अभाव हुन थालेको भन्दै उहाले सरकारको काम राष्ट्रिय ढुकुटि लुटेर कार्यकर्ता पोस्न उद्धत रहेको वताउनु भएको छ। आफू यो निर्वाचन गठवन्धनको नभै जनताको वलमा जित्ने समेत उहाले वताउनु भयको छ।के,के कुन,कुन रुपका गठवन्धन छ त्यो आफुलाइ मतलव नरहेको आफू केवल जनताको वलमा रहेको वताउदै उहाले निकै मतको अन्तरमा आफू विजय हुने दावी गर्नुभएको छ। म मेरा प्रतिस्पर्धि हरु भन्दा निकै अगाडि रहेको वताउनु भयो।जनता जनार्दन हुन जनता कसैको पेवा हैनन जुन जुन गठवन्धन आय पनि जनता विकासको पक्षमा रहेको र आफुले त्यसको नेतृत्व गर्ने उहाले वताउनु भएको छ।