गोविन्द तिमिल्सिना / हेमजा । रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा शनिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा ५५ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा अन्नपूर्णका आगामी बर्षका अध्यक्ष टोयबहादुर भट्टराईले जहा आवश्यक छ त्यहा रोट्रयाक्ट क्लबले सहयोग गर्ने बताए । सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे । कार्यपालिका सदस्य एवं वडा सदस्य धन कुमारी पोखरेल तिमिल्सिनाले राम्रो काम गरेकोमा खुसी ब्यक्त गर्दै दिन दुखिलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरिन । देशको लागि युवाको खाचो भएको बताउदै युवा सँग हातेमालो गर्न तयार भएको बताईन । कार्यक्रममा बिष्णु पादुका माबिका प्रधानाध्यापक दिपकराज पौडेल, सल्लाहकार मदन थापा र अनिसा खड्काले बोलेका थिए ।
सामाजिक कार्यका लागि खेलीएको देउसी भैलो कार्यक्रम बाट संकलन गरेको रकमबाट आर्थिक ब्यवास्थापन गरेको कार्यक्रम संयोजक बिश्वराज पौडेलले बताए । क्लबका अध्यक्ष बिकल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सर्भिस डिरेक्टर प्रकाश पौडेलले र सञ्चालन सचिव अनिल पौडेलले गरेका थिए ।