२०८१ बैशाख २२ , शनिवार

वैज्ञानिकहरुले बनाए डुप्लिकेट रगत

सुनाखरी न्युज/ काठमाडौं ।

बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् ।

यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिरहेका बिरामीहरुका लागि सञ्जिवनी बुटी सावित हुनेछ ।

 

साथै दुर्लभ रक्त समूह भएका मानिसहरुका लागि समेत यो निकै उपयोगी हुनेछ । दुर्लभ ब्लड ग्रुप भएका मानिसहरुका लागि सहजै रगत प्राप्त हुँदैन । जसका कारण कहिलेकाहीँ बिरामीहरुको मृत्यु पनि हुने गर्दछ ।

 

नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड केयर रिसर्चका शोधकर्ताहरुले प्रयोगशालामा रगत उत्पादनका लागि स्वयंसेवी रक्तदाताको स्टेम कोशिकाको प्रयोग गरेका थिए । त्यसरी तयार पारिएको रगत दुईजना स्वयंसेवकमा ५ देखि १० मिलिलिटर सम्म चढाइएको छ ।

एजेन्सीको सहयोगमा