२०८२ चैत्र ३ , मंगलबार

अब मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने

सुनाखरी न्युज/ काठमाडौं । अब मर्जरका लागि कुनैपनि कम्पनीको शेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का नहुने भएको छ ।

 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर कारोबार रोक्का सम्मबन्धी निर्देशिका बिहीवारदेखि लागू गर्दै यस्तो व्यवस्था गरेको हो । सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो ।

 

एकीकृत व्यवसायीक कारोबार गरेको मितिले गाभ्ने र गाभिने तथा प्राप्तिको हकमा संस्थाको शेयर मिलान, धितोपत्र पान दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्काका लागि कुनै पनि कम्पनीले धितोपत्र बजारमा नेवेदन दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।