२०८१ असार ३ , आइतवार

सांग्रिला डेभलपमेन्ट बैंक र दराज बीच डिजिटल पेमेन्ट पार्टनर सीप सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दराजसँग११.११अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

 

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामानखरिद गरी अनलाइन बाटै भुक्तानी गर्दा १५%सम्म छुट प्राप्त गर्न सक्नुहुनेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फ बाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नु भएको हो।

 

बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामानखरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नु हुनेछन् । उक्त छुट प्राप्तगर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमाई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरू लाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदनदिन अनुरोध गरिन्छ।

 

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरु लाई सजिलो सँग घरमै बसी अनलाइन बाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्तगर्न सकिने अवसर प्रदान गर्नु हो ।माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्राप्त हुनेछ । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरु लाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंके लिएको छ ।