२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ४.४३ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ९४ विन्दुमा बन्द भएको हो ।

आइतबार नेप्से ४३.२० अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने बृद्धि भएको छ । आज नेप्सेमा दुई अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका कम्पनीमध्ये ५६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता १९८.१० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १५ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।