२०८१ बैशाख ७ , शुक्रवार

ग्लोबलआइएमई बैंकको“ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५”५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमल पोखरी काठमाण्डौं लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि.,कमलादी,काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरियो ।