सुनाखरी न्युज/ पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १५ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले नेपाल सरकार शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयबाट वर्षकै उत्कृष्ट पुस्तकालयका रुपमा पुरस्कृत बन्न सफल भएकामा बधाई ज्ञापन गर्दै पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि अझै लागिरहन प्ररित गरे । साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीका नीति नियमहरु, प्रगति प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष माधव भण्डारीको आर्थिक प्रतिवेदन पारित भएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य समेत रहेकी पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् । आजिवन सदस्य डिल्लिराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कर्मचारीहरु धनु पहारी र माया गुरुङ्गलाई सम्मान गरिएको थियो ।