२०८१ बैशाख ७ , शुक्रवार

बेलबारी गोल्डकपः सहारालाई एपीएफ बाधक

नारायण शाही/ बेलबारी, डांगीहाट (मोरङ) । पोखराको सहारा क्लबमोरङको बेलबारीमाजारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। उपाधिजित्ने लक्षसहितमोरङको बेलबारी डांगीहाट उत्रिएको सहारालाई सेमिफाइनल पुग्न बाट विभागीय एपीएफ बाधक बन्यो।

उत्कृष्ट खेल पस्केको सहाराले विभागीय सशस्त्रप्रहरीको एपीएफ (काठमाण्डौं) सँग टाइब्रेकरमा ५–४ ले हार ब्यहो¥यो। निर्धारित ८० मिनेटमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमाधकेलिएको थियो। टाइब्रेकरमा सहाराका कप्तान अजित भण्डा रीसहित सरोज योञ्जन, दीपेश आलेमगर, जय गुरुङले टाइब्रेकरमा गोल गर्न सफल भए। आशिष गुरुङको टाइब्रेकर सूट भने एपीएफका गोलरक्षक राजु नगरकोटीले रोके।

यता, एपीएफको तर्फबाट भने गोलरक्षक राजु नगरकोटीसहित नविनलामा, हरि कार्की, सुदिपसिख्राकार र श्याम नेपालीको टाइब्रेकर सूट गोलमा परिणत भएको थियो। बेलबारी डांगीहाट फुटबल मैदानमाभएको खेलमादर्शकहरुकोअपार समर्थन पाएर पनि सहारा क्लबले खेललाई बराबरीमाल्याउन सफलबन्यो। सहाराका गोलरक्षक टिकेन्द्र थापाले टाइब्रेकरमा पूरै खेल्न सकेनन्। एपीएफका हरि कार्कीको टाइब्रेकर सूटदायाँ खुट्टाले रोक्न खोज्दा टिकेन्द्रको घँुडाको चोट बल्झियो। यसअघि, नै एपीएफको फ्री–किकगोललाई रोक्नखोज्दा टिकेन्द्र घाइते घुँडाको चोट बोकी सकेकाथिए। टिकेन्द्रको सट्टामा डिफेण्डर आशिष गुरुङले सहाराको पोष्ट सम्हाले।

यसअघि, खेलको २३ औं मिनेटमा गोल खाएको सहाराले पहिलो हाफको इञ्जूरी समयमागोल फर्काएको थियो। करिब २० मिटरबाट भिषण गुरुङ फ्रीकिकबललाई कप्तानअजित भण्डारीको सर्ट पास डिफेन्डर भिषण क्रसमाआशिषका हेड क्रसलाई दीपशआलेले हेडबाटै गोल गर्दै सहारालाई खेलमा फर्काएका थिए। यसअघि, विभागीयएपीएफले पनि फ्रीकिकबाटै गोल गर्दै खेलमाअग्रतालिएको थियो। डीबक्स नजिक एपीएफका नविन लामा लाई सहाराका सन्तराम गुरुङले लडाएपछि एपीएफले फ्रीकिक पाएको थियो। प्राप्त फ्रीकिक अवसरलाई नविनले नै सिधागोल गर्न सफल भए।

सहाराको एउटा टाइब्रेकर सूट रोक्न सफलएपीएफकागोलरक्षक राजु नगरकोटी खेलको ‘म्यानअफदिम्याच’ बने। मुख्य रेफ्रीश्यामदनुवारले सहाराका सन्तराम गुरुङ र रन्दीपपौडेल तथाएपीएफका शरणसिंह बस्नेत, मणि लामा, दीपेश धिमाल र बीकेतामाङलाई पहेंलो कार्ड देखाए। विभागीयएपीएफ सेमिफाइनलपुगेको छ। अब, एपीएफले आयोजक बेलबारी डांगीहाट युथक्लबसँगसेमिफाइनलखेल्नेछ। सिधाबाई पाएर क्वार्टरफाइनल खेलेको आयोजक डांगीहाट युथ क्लबले झापाको रोलिङ क्लबलाई हराउँदै सेमिफाइनलपुगिसकेको छ।