२०८१ बैशाख ८ , शनिवार

प्रदीप पौडेल भोलिको सुन्दर नेपालको परिकल्पनाकार हुन् : नीर शाह

सुनाखरी न्युज/ काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् । काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजिबी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रम मार्फत पौडेललाई मत माग्दै सो कुरा बताएका हुन् ।

 

शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार रहेको समेत बनाए। नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मिले धेरै भनिरहन परेन। उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी ब्यक्ती हुन् ।´ उनले भने, यी याबतका कुरालाइ केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल हुन् ।´नेपालको गणतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका रहेकोबारे स्मण गराउदै अबको पौडेलको पुस्ताले काम गर्नुपर्नेमा जोड दिए।

 

त्यसैगरीअ केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणी समेत गरेका छन् । शाहले ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको प्रस्ट पारे। त्यसैगरी सो कार्यक्रममा अर्थशास्त्री डा. स्वर्णिम वाल्ले, स्वास्थ्यविज्ञ डा. सुधा त्रीपाठि लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।