२०८१ बैशाख ७ , शुक्रवार

कोरोना अपडेटः थप २५ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना संक्रमण मुक्त

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।