२०८१ बैशाख ६ , बिहिवार

खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनाखरी न्युज / काठमाडौं  –  आफ्नै आमा ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

 

आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।