२०८१ बैशाख १४ , शुक्रवार

नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

 

सुनाखरी न्युज/ काठमाण्डौ – नेपाल नर्सिङ परिषद्ले नाम दर्ता लाइसेन्स परीक्षा आगामी मंसिर २४ गते सञ्चालन गर्ने भएको छ । परिषद् सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो ।

 

कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ ।

 

परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाण पत्र तह नर्सिङ, बीएससी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।