२०८१ बैशाख ११ , मंगलबार

हरर थ्रिलर सिनेमा ‘चि मुसी चि  पुस १५ मा रिलिज हुने

सुनाखरी न्युज / काठमाडौँ – हरर थ्रिलर सिनेमा ‘चि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा आगामी पुस १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

 

यो सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको सम्मिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ ।

 

 

सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । सिनेमाको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।