२०८१ बैशाख १४ , शुक्रवार

काठमाडौ क्षेत्र न.६ का स्वतन्त्र उमेदवार ई.दिपु उप्रेतीले सार्वजनिक गरे आफ्नो प्रतिज्ञापत्र

सुनाखरी न्युज/ काठमाडौं । मङ्सिर ४ मा नयाँ सोच भएका प्राविधिक ई .दिपु उप्रेतीले सार्वजनिका गरे आफ्नो प्रतिज्ञापत्र । उप्रेती भन्छन नयाँ रोज्ने कि पुरानो पुस्ता खोज्न जिम्मा काठमाडौ क्षेत्र न. ६ का मतदाताहरुमा निहित छ ।

 

अबको लडाइ निर्णायक हुनै पर्छ । सक्षम अनुभवी नयाँ पुस्ताले अब पुरानो पुस्तालाई विस्थापनको निम्ती अबको संसदीय चुनाव सबैको सपनाहरु साकार गर्न मेरो उम्मेदवारी हो । मौलिक विविधताले भरिएको काठमाडौं क्षेत्र नं.६ मा बसोबास गर्ने सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुको संसदमा आवज बन्ने छु ।आफू जनता सेवक हुँ त्यसैले मतदाताको शिर झुक्न दिन्न भन्न्छन उप्रेती ।

 

यस्ता छन काठमाडौ क्षेत्र न.६ का स्वतन्त्र उमेदवार ई.दिपु उप्रेतीले सार्वजनिक गरेका प्रतिज्ञापत्र

 

विकाशमा नयाँ प्रविधि, नयाँ सोच भित्र्याउनु जरुरी छ । त्यसका लागि सर्वप्रथम अब जनताले नेतृत्व परिवर्त गर्न आवश्यक छ । पार्टीका उम्मेदवार जिताएर सोहि पार्टीका नेता कार्यकर्ताको मात्र विकाश भयो तर जिल्ला र क्षेत्रको अवस्था ज्यूँका त्यूँ । त्यसैले पनि अवको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनुपर्ने जनताको माग र जनताको विकाश नयाँ ढंगबाट गर्ने खाकाँ सहित आफू चुनावी मैदानमा उत्रिएको उप्रेतीले बताए । स्थानिय सरकारका राम्रा कामलाई सर्मथ गर्दै गलत कामलाई खबरदारी गर्नुपर्ने मान्यता उप्रेतीको छ ।