२०८१ असार ३ , आइतवार

कामना सेवा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले अनलाइन बजार दराज केयमु प्रालिमा विशेष छुट पाउने भएका छन् । जसका लागि बैंक र दराजबीच बुधबार सम्झौता भएको हो ।

 

कामना बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ । कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने बैंकले जनाएको छ ।