२०८१ बैशाख १३ , बिहिवार

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभाँश शुरक्षित गर्ने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित दुई वटा योजनाको लाभाँश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ।

 

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८÷७९ का लागि घोषित लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। योजनाका लाभाँश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने छ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरु लाई ७प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

 

यसैगरी नबिल इक्विटीफन्डका इकाइ धनीहरु लाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचलफण्डले नबिल फ्लेक्सीक्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्ला मुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।