२०८१ बैशाख १३ , बिहिवार

नेप्से उकालो यात्रामा,कारोबार रकम पनि बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । तिहारपछिको कारोबारदेखि निरन्तर रुपमा उकालो लागेको शेयरबजारको वृद्धि बुधबार पनि कायम रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३२ अंकले बढेर एक हजार ९ सय ३८ दशमलब ३० विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ५६.११ अंकले बढेर एक हजार नौं सय तीस दशमलब ९९ बिन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १२४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २८८.५० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सबैको लघुवित्त वित्तीय संस्था महुली र लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ ।