२०७९ मंसिर १० , शनिवार

रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले ल्याएको छ हात खाली नजाने उपहार जस अन्तर्गत हरेक ५०बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमाग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्ने छन्।

यस कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्मउल्लेख गरिएको हुन्छ । साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्यथप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामा को कुपन भएपनि प्रत्यक कुपनमा एकपटक मात्र – शून्य) लाई पछाडि जोडेर एक लाख सम्म रकम प्राप्त गर्न मिल्नेछ ।

उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,०००
यदि रु. ५,००० वा सो भन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ र उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निमार्ण स्थलमै रकम प्रदान गरिनेछ ।

कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकहरू लाई उच्चप्राविधिक प्रणालीद्वारा उत्पादितसिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँआयामथप्नु हो। यसै क्रममा कम्पनीले ग्राहकहरुलाई विभिन्न योजनाहरु प्रदानगर्दै आएको छ र यसपाली भने ग्राहकहरुलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना २०७९ सालकार्तिक १५ गते मंगलबार देखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।