२०८१ बैशाख १३ , बिहिवार

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म तोकिएको समयसिमा बढाएर मंसिर ९ गते अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ ।

 

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी मंसिर १०, ११ र १२ गते हुने समयवधि निर्धारण गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जनाएको छ ।