२०७९ मंसिर २२ , बिहिवार

सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न आयाेगकाे ध्यानाकर्षण

Nirbachan aayog

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न पुनः ध्यानाकर्षण गराएको छ ।

 

निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताउनु भयो ।

 

सरकारी सम्पतिको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहेपनि साधनश्रोत प्रयोगलाई आचारसंहिताले रोकेको बताउनु भयो । उहाँले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पतिको प्रयोग गर्न आचारसंहिताले नै रोकेको बताउनुभयो ।

 

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहीताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने विश्वास आयोगले लिएको बताउनुभयो ।