२०८० चैत्र १५ , बिहिवार

आफू संसदमा नहुँदा चितवनको विकासको काम रोकियो : पूर्वमन्त्री विक्रम पाण्डे

सुनाखरी न्युज/ चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताउनुभएको छ ।

 

चुनावी अभियानका क्रममा भरतपुर–१६को चौकी र वरमपुरमा को कार्यक्रममा बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गर्नुभयोे । म राजनीति गर्न भन्दा नि विकास गर्न आयको उहाले वताउनु भयो।यश पटक विकासको लागि उनले मत मागेका छन।

 

‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्याे । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन।उनले राजनीतिक परिवर्तनको नाममा ठुला दलहरुले भयका उध्योग धन्दा तथा कलकारखाना कौडिको मोलमा विक्रि गरेर युवा हरुलाइ विदेशिन वाध्य वनायको र त्यहा वाट आउने रेमिट्यान्समा तर मारेर वसेको वतायका छन।उनले आउदो चुनावमा विकासवादी दल र विकासप्रेमी नेतृत्व चुन्न आग्रह गर्नुभयो । गठवन्धनको नाममा जनता को मताधिकार लाई अंकुस लगायर स्वविवकिय निर्णय गर्न रोकेर ठुला दलहरुले प्रजातन्त्रको आधार स्तम्भ माथिनै प्रहार गरेको वताउनु भयो।

 

उनले अब दल भन्दा माथि उठेर विकास र भावि सन्नत्तिको लागि राप्रपा लाई मतदान गर्न आग्रह गर्नुभयको छ। ‘मैले जति समस्या वुझ्न सक्छु त्यति वुझ्ने अरु कुनै उमेदवार यश क्षेत्रमा नरहेको समेत उहाले वताउदै आफू योजनासहित यहाँहरूको घरदैलोमा आएको वताउनु भयो।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जनक राज पाठक लगायतले मन्तव्य राखेका थियो।