२०८१ बैशाख ८ , शनिवार

काठमाडौंको न्युरोडमा भेटियो पुरुषको शव, हत्याको आशंका

सुनाखरी न्युज / काठमाडौं – न्युरोडमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४५ वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव जुद्ध शालिकनजिकै भेटिएको हो ।

 

उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । मंगलबार बिहान शंकास्पद अवस्थामा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

 

उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। मृतकको पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।