२०८१ बैशाख १४ , शुक्रवार

नारायणीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सुस्तास्थित घोलमा बनभोज खाएर आएका युवाहरु चढेका डुङ्गा वल्टिएको थियो ।

 

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका-४ को नर्सहीस्थित नारायणी नदीको हिजो डुङ्गा पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ । डुङ्गा दुर्घटना हुँदा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

डुङ्गामा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ। घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।