२०८१ बैशाख ८ , शनिवार

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

सुनाखरी न्युज/मोरङ । झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन् । उर्लाबारी नगरपालिका-७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।