२०८१ बैशाख ७ , शुक्रवार

अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गर्न नपाइने

सुनाखरी न्युज/ काठमाडौं । अब काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न नपाइने र अब हुने सम्पूर्ण चार्टर्ड उडान भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र गर्नु पर्ने निर्णय गरेको हो।

 

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको हो । भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च पनि नउठ्ने भएपछि प्राधिकरणले विमान कम्पनीहरुलाई भैरहवा जान बाध्य पार्न थालेको हो ।

 

काठमाडौँ विमानस्थलबाट ३ भन्दा बढी उडान गर्ने कम्पनीलाई प्राधिकरणले एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । तर भैरहवाबाट उडान गर्न थप समय माग्दा माग्दै प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान समेत कटौती गरिदिएको छ । एयरलायन्सको उडान कटौती हुँदा ६ महिनादेखि अगाडीदेखि टिकट काटेका यात्रु अलपत्र परेका छन् ।