२०८१ बैशाख ४ , मंगलबार

भारतको गुजरातमा झोलुङ्गे पुल भत्किंदा ७५ भन्दा बढीको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । भारतको गुजरात राज्यमा झोलुङगे पुल भत्किएपछि कम्तीमा ७८ जनाको मृत्यु भएको छ । स्थानीय मोर्बी नगरस्थित मच्चु नदीमाथि रहको पुल भाँचिदा सयौँ मानिसहरू नदीमा खसेका थिए ।

 

उक्त पुल मर्मतसम्भार गरी पुनः संचालनमा ल्याइएको केहीमा दिनमै यो घटना घटेको हो । भिडियो फुटेजमा पुल भाँचिएपछि मानिसहरू त्यसमा झुण्डिएको देख्न सकिन्छ ।

 

घटनाको समयमा पुलमा ४ सय जनासम्म मानिस भएको समाचारमा जनाइएको छ । गुजरात राज्यका मन्त्री बृजेश मिर्जाले ८० जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको बताउनुभएको छ ।