२०८२ चैत्र ४ , बुधवार

एमाले नेता पौडेललाई पितृ शोक

शिशिर पौडेल/ पोखरा ।नेकपा एमालेका नेता शोभा मोहन पौडेललाई पितृ शोक परेको छ। नेता पौडेलका ९६ वर्षीय पिता वलराम पौडेलको आईतबार विहान आफ्नै निवास पोखरा १६ दीपमा निधन भएको हो।

पोखरा १९ घार्मीमा जन्मिएर हाल दीपमा वस्दै आएका पौडेलले ३ वर्ष अघि श्रीमती गुमाएका थिए। लामो समय भारतमा रोजगारी गरी नेपाल फर्किए पछि सामाजिक सेवा र आध्यात्मिक चिन्तनमा लागेका पौडेलको आईतबार दिउँसो स्थानीय गोस्तेघाटमा हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ।

 

स्व पौडेलको सवमा उनका जेठा छोरा शोभाखर पौडेलले दागवत्ती दिएका थिए। यस अघि स्व पौडेलको पार्थिव शरीरमा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेताहरु देवी सुवेदी, पुण्य पौडेल, दिपक पौडेल,वैन बहादुर क्षेत्री, धनन्जय दवाडी, पुष्पज्योती ढुंगाना, माधव वास्तोला, अर्जुन अधिकारी, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिम्सिना लगायतका विभिन्न दलका नेता तथा स्थानीयले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। स्व पौडेलका २ छोरा शोभाखर, शोभा मोहन पौडेल, २ वुहारी, ८ नाती नातिनी, ६ जना पनाति पनातिनी छन्।