२०८१ बैशाख ७ , शुक्रवार

मेलबर्नमा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातिय सकृयता र सहभागितामा म्ह: पूजा सम्पन्न

सुनाखरी न्युज/मेलबर्न । फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी-बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाद्धारा ॐ ध्वनी उच्चारण र हास्य योगसाथ बहु जातिय सकृयता र सहभागितामा म्ह: पूजा सम्पन्न गरेको छ । कार्यक्रममा न त प्रमुख अतिथि थियो, न त आसन ग्रहण गराउने र खादा लगाउने कार्यक्रम नै ।

 

म्ह: पूजामा आत्मपुजन गरिने भएकोले नेवार समुदायले गरिने गरिएको यो चाडलाई नेवार समुदायमा मात्रै सीमित नगरी अन्य समुदायले पनि गरिनु उपयुक्त हुने र यस्लाई ध्यानसंग पनि जोडिनु उपयुक्त हुने भन्दै गत बर्षदेखि म्ह: पूजा गर्दा ॐ ध्वनी उच्चारण गरी गर्ने गरिएकोमा यो पटकको म्ह: पूजामा बुद्धिज्म लगायत बिभिन्न ११० पुस्तकका लेखक एबं संपादकको भूमिका निर्बाह गरिसकेका डा किशोर बैद्यले हास्य योगको सैद्धान्तिक पक्षको बारेमा बताएर सहभागीहरुलाई हास्य योग गराएका थिए ।

 

हास्य योग गर्नु अघि दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्षले सहभागी सबैलाई आँखा चिम्लेर पहिला लामो लामो स्वास लिन लगाएर ॐ ध्वनी उच्चारण गर्न लगाएका थिए । दिदी-बहिनी समाज भिक्टोरिया वेष्टकी संयोजक रोशनी श्रेष्ठद्धारा कार्यक्रमको शुरुमा म्ह: पूजाको सैद्धान्तिक पक्षमाथि प्रकाश पारिएको थियो । दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुलीले संस्थाको एउटा प्रमुख उद्धेस्य सहभागितामूलक तवरबाट संस्कृतिको संरक्षण र सम्बर्द्धन प्राप्ती कार्यको राम्रो उदाहरण बन्न पुगेको म्ह: पूजा कार्यक्रममा नियमित रुपमा सहभागी हुन पाएकोमा आफूलाई गर्ब लागेको बताइन ।

 

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हाम्रो फोक्सोमा करीब एक करोड छिद्रहरु हुने, तर हामीद्धारा प्रायश: छोटो छोटो स्वास लिने गरिनाले करीब चालिस हजार छिद्रहरुले मात्रै काम गर्ने र काम नगरिएर बुझिएका अधिकाधिक छिद्रहरुलाई बिस्तारै खुलाउँदै लैजाने सबैभन्दा राम्रो बिधि प्राणायामकै सहयोगी कार्यको रुपमा हास्य योगलाई लिन सकिने बताए ।

 

म्ह: पूजा गर्ने सबैलाई ८० बर्षिया दिलमाया श्रेष्ठ (कान्छी) द्धारा टीका लगाइदिने, पूजा गर्ने र घ्वाल्ल गर्ने गरिएको थियो भने कार्यक्रमको फोटो र भिडियोको लागि नि:शुल्क रुपमा Subind Photography & Videography सेवा उपलब्ध गराएको थियो ।