२०८१ बैशाख ४ , मंगलबार

महोत्तरीमा हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी

सुनाखरी न्युज/ काठमाडौं । महोत्तरीमा हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएकाे छ । हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हाे ।

 

हिंसा नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाे ।

 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने जानकारी दिनुभयाे ।