२०८१ बैशाख १३ , बिहिवार

१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै

सुनाखरी न्युज/ बिराटनगर। १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ ।

 

”सेवा नै धर्म हो” भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका बृद्धा असाह्य आमाहरुलाई बिहानको भोजन गराउनु भएको हो ।

 

प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आस्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिनु हुदै १ नं. प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता बिविध सामाजिक कार्यहरुमा निरन्तररुपमा हातेमालो गर्दै मानव सेवाको लागि कल्याणकारी कार्यहरु गर्दै रहने कुरा बताउनु भयो ।