२०८० चैत्र १६ , शुक्रवार

अधिकारी समाज कास्की इकाई समितिद्वारा रक्तदान

सुनाखरी न्युज/ पोखरा। अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो ।

 

पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो ।

 

कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए ।