२०८२ चैत्र ४ , बुधवार

समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन

सुनाखरी न्युज/ काठमाडौं । समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी पर्नुभएकी श्रेष्ठको गएराती चितवन मेडिकल कलेजमा निधन भएको हो ।

 

बि.स‌ं. १९८७ मा तनहुँको बन्दीपुरमा जन्मनु भएकी श्रेष्ठको ९२ बर्षमा निधन भएको हो । पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति दान गर्नुभयो भन्ने यकिन पनि छैन तर उहाँले हालसम्म अर्ब भन्दा बढीको दान गरिसक्नु भएको उहाँका छोरा टकनाथ पौडेलले बताउनु भयो ।

 

उहाँको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याईएको छ । ९ बजे मैयादेवी कन्या कलेजमा श्रध्दान्जलीका लागि राखिने र १ बजे अन्त्येष्टी गर्ने नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।