२०८१ बैशाख १४ , शुक्रवार

एनएमबि बैंक लाई नेपालकै अहिले सम्मको ठूलो १० करोड अमेरिकी डलरको ऋण डीएफसी बाट स्वीकृत

सुनाखरी न्युज/ काठमाडौं । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन डीएफसी (DFC) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिकऋण स्वीकृत गरेको छ ।

 

डीएफसी अमेरिकी सरकारको विभिन्न देशकानिजी क्षेत्र सँग साझेदारी गरी विकासशील देशले सामनागरिरहेको चुनौतीहरूको समाधानको लागिऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमावित्तीयलगानीगर्दै आइरहेको संस्था हो । एनएमबि बैंक र डीएफसी बीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागी महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ । एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमाअन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादन मुलक तथा प्राथमि कताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ ।

 

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषितथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डीएफसी सहित हाल सम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसन (DFC) बाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ । एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो । एनएमबिबैंकले २०१७, २०१८, २०२० र २०२१ का लागिपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेको छ । एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।