२०८० चैत्र १६ , शुक्रवार

कोरोना अपडेटः ५३ जना सङ्क्रमित थपिए, ५१ जना निको भए

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

 

१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ५१ जना निको पनि भएका छन् ।