२०८१ बैशाख ७ , शुक्रवार

डेंगु अपडेटः थप ७६१ जनामा डेंगु सङ्क्रमण, दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

 

मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्युसमेत भएको छ । हालसम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।